Chauthoanga - Nepali News Media
दक्षिण कोरियामा विमान दुर्घटनामा १८१ मा मध्य २ जनाबाहेक सबैको मृत्यु भएको आशङ्का

सोल - दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा २ जना बाहेक सबै जनाको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । 

दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापले छापेको समाचार अनुसार एक जना यात्रु र एक जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ । बाँकीको खोजी कार्य जारी रहेको भएपनि अरू सबै जीवित भेटिने आशा नभएको बताइएको छ ।

यस अघि भने एजेन्सीले मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६२ जना पुगेको भन्दै समाचार लेखेको थियो ।  पुगेको छ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । 
बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए ।  ल्यान्डिङ गियरमा समस्याका कारण उक्त विमान दुर्घटना भएको योन्हापले बताएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको