Chauthoanga - Nepali News Media
दाङको बंगलाचुली गाउँपालिका पूर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा

कमिरेचौर : दाङको बंगलाचुली गाउँपालिकालाई पूर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा आज एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।दाङका १० वटा पालिका मध्य दोस्रो पूर्ण खोप शुनिश्चित गाउँपालिकाको रुपमा घोषणा गरीको हो ।

पहिलो पूर्ण खोप शुनिश्चित गाउँपालिका दाङको राप्ती गाउँपालिका रहेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख नित्यानान्द शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले कुनै पनि सामाजिक अभियानलाई सफल बनाउनका लागि सबैको हसकार्य र एकताबाट मात्रै सम्भव हुने बताउनुभयो ।उहाँले त्यसैको प्रतिफलस्वरुप अहिले बंगलाचुली गाउँपालिका पूर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा भएको बताउनुभयो ।

uuuuuuu1655638791.JPG

यस्तै कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासले बंगलाचुली गाउँपालिकालाई सबैको सक्रियतामा पूर्ण खोप शुनिश्चित गाउँलिका घोषणा भएको जिकिर गर्नुभयो । उहाँले पूर्ण खोप शुनिश्चित भएको पालिकालाई दिगो बनाउनका लागि आफुहरुले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

अध्यक्ष पुनले आजका बालवालिका भोलिका भविष्यको कर्णधारहरु रहेको भन्दै उनिहरुको स्वास्थ्य सुरक्षाका लागि सबैले अहम भूमिका निभाउनु पर्ने बताउनुभयो । बंगलाचुलीमा जन्मेका हरेक बालबालिकालाई स्वस्थ राख्नका लागि यहाँका हरेक क्षेत्रका संयन्त्रहरुले आफ्नो क्षेत्रबाट योगदान दिन समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका खोप अधिकृत किशोर कुमार आचार्यले खोप कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै बंगलाचुली गाउँपालिकामा हाल सम्म ४१ जना वालवालिकाले पूर्णरुपमा खोप नलगाएको जानकारी दिनुभयो ।त्यसमध्य १ जना वालकले कुनै पनि खोप नलगाएको बताउनुभयो । उहाँले बंगलाचुली गाउँपालिकामा रहेका हरेक बालवालिकालाई पुर्णखोप लगाई दिगोरुपमा यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि.सी.को स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रममा बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिका सदस्य गणेश विश्वकर्मा, आमा समूहबाट कुमारी पुन मगर ,स्वास्थ्य स्वयसेवीकाहरुको तर्फबाट तिर्सना परियार लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका ८ वटै वडका अध्यक्षहरु, बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृतहरु,स्वस्थ्य संस्थाका प्रमुख तथा कर्मचारीहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, स्वयंसेवीकाहरु,आमा समुहका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्रा कुमारी घर्तीले गर्नुभएको थियो ।  

 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको