Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा १४ सय ५३ जना दृष्टि विहिन,आँखा स्वस्थ भएमात्र मानव जीवनको औचित्य रहने   निश्कर्ष

कमिरेचौर :आँखा स्वस्थ भएमात्र मानव जीवनको औचित्य रहने एक कार्यक्रमका सहभागिहरुले निश्कर्ष निकालेका छन् ।आँखा मान्छेको जीवनकै निकै महत्वपूर्ण अंङ्गकोरुपमा रहेको भन्दै यसको सुरक्षाका लागि सबै सजग हुनु पर्ने उनिहरुको भनाई छ । बंगलाचुली गाउँपालिकाको कार्यालय कमिरेचौरमा आज आयोजित आँखा स्वास्थ शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिहरुको भूमिका विषयक छलफल कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

नेपाल नेत्र ज्वति संघ दाङका कोषाअध्यक्ष श्याम प्रकाश आचार्यको अध्यक्षता, बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासको प्रमुख आतिथ्यता र उपाध्यक्ष भक्त बहादुर जिसीको शिविष्ठ आतिथ्यमा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल नेत्रज्वती संघ आखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ति आँखा अस्पताल तुल्सीपुरको आयोजनामा भएको कार्यक्रममा राप्ती आँखा अस्पतालका प्रशासक किरण गौतमले आँखा स्वास्थ्यको बारेमा जानकारी गराउनुभएको थियो ।कार्यक्रममा बंगलाचुली गाउँपालिकाका ८ वटै वडका अध्यक्षहरु, बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरु लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण राप्ती आँखा अस्पतालका सुचना अधिकारी बालाराम खड्काले गर्नुभएको थियो ।  

सो अवसरमा अधिकृत शालिकराम गौतमले आँखा स्वाथ्य शिक्षाका बारेमा जानकारी गराउनुभएको थियो ।दाङको बंगलाचुली गाउँपालिकामा १४ सय ५३ जना दृष्टि विहिन रहेको पाईएको छ । जसमध्ये  ५ सय ३२ जना नागरिकहरु मोतियाविन्दुका कारण दृष्टी विहिन बनेका छन् भने ९ सय २१ जना विभिन्न कारणले दृष्टी विहिन भएका छन् ।

संसारमा हरेक ५ सेकेन्डमा १ जना , हरेक एक मिनेटमा एक जना बालक, प्रत्येक दिन १ सय २५ जना , हरेक महिनामा ३ हजार ७ सय ५० र हरेक वर्ष ४५ हजार ६ सय २५ जना मानिसहरु दृष्टीविहिन हुने गरेका छन् । आँखामा समस्या भएका मानिसहरुले समयमै उपचार पाएको खण्डमा ८० प्रतिशत अर्थात एकसय जनाले फेरी दृष्टीपाउन सक्ने आँखा विशेषज्ञहरुको दावी रहेको छ । मानिसहरुमा मुख्यगरी मोतिया बिन्दु,दृष्टीदोस, जलविन्दु, आँखा फुला पर्ने र आँखा सुक्ने गरी पाँच प्रकारका आँखा रोगका कारण दृष्टीविहनको समस्या आउँने उनिहरुको भनाई छ ।   

 

 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको