Chauthoanga - Nepali News Media
जुद्धविर सामुदायिक वनकाे नवनिर्मित वनकाे भवन उद्घाटन

कमिरेचाैर :बंगलचुली गाउपालिका वडा नम्बर ४ मा रहेकाे जुद्धविर सामुदायिक वनकाे नवनिर्मित वनकाे भवन उद्घाटन गरिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का नवनिर्वाचित वडा

 सदस्य दिपक परियारकाे अध्यक्षता एव वन समुहका संस्थापक अध्यक्ष नारायण प्रसाद भण्डारीकाे प्रमुख अतिथ्यता  , निवर्तमान वडा सदस्य पुनम देवी विक ,सरस्वती सामुदायिक वनका अध्यक्ष भिम बहादुर घर्ती काे विशिष्ट अतिथ्यतामा भवन उद्घाटन कार्यक्रम सम्मन्न भएको थियो । 

सामुदायिक वन समुहको लगानी तथा स्थानीय उपभोक्ताकाे श्रमदानबाट निर्मित भवनको प्रमुख अतिथि नारायण प्रसाद भण्डारीले  भवनको सम्उद्घाटन गरिएको थियाे । 

कार्यक्रममा काेषाअध्यक्ष रेमलाला पुन,सचिव प्रेम पुन,सहसचिव डाेमा आग्रि,नेकपा एमालेका ऋखिराम वली ,राजमाेका केदार परियार ,केदार घर्ती ,जेष्ठ नागरिक शाेभाराम पुन ,पुर्व स्वास्थ्य स्वयंसेविका देवा विक , सामाजिक व्यक्तित्व  तेज बहादुर आग्री लगाएले बाेल्नु भएको थियाे । 

जुद्धविर सामुदायिक वनसमुहका उपाध्यक्ष जंगबहादुर पुनको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमकाे सहजिकरण तेज बहादुर सुनारले गर्नु भएको थियो । 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  ०७:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको