कमिरेचौर :बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको तयारी व्यापक बनाएको छ । गाउँपालिकाले निति तथा कार्यक्रमको तयारी स्वरूप गाउँपिकामा रहेका विभिन्न राजनितीक दल, संघसंस्था, शिक्षक, युवा क्लव लगाएतका सरोकारवाला पक्षहरु संग राय सुझाव संकलन गरेको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रमको लागि आज सर्बदलिय सर्वपक्षिय बैठक आज कमिरेचौरमा सम्पन्न गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवासको अध्यक्षतामा सर्वदलिय बैठक सम्पन्न भएको हो । बैठकमा नेकपा माओबादी केन्द्र, नेपाली काङ्ग्रेस,नेकपा एमाले, राष्ट्रिय जनमोर्चाका पालिका प्रमुख तथा प्रतिनिधि,स्थानिय युवा क्वबका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैठकमा बोल्ने सहभागिहरुले सबै जनातालाइ समेट्ने खालको निति तथा कार्यक्रम ल्याउनु पर्ने माग गरेका छन् । उनिहरुले भ्रष्टाचार रहित गाउँपिकाको विकास गर्दै जनाताले प्रत्यक्ष महसुस गर्ने खालका सुशासन कायम गर्नुपर्ने सूझाव दिएका छन् । गाउँपिकामा सिमेन्ट उद्योगहरुले जनतालाई निकै समस्यामा पारीरहेको तर उनिहरुले आर्थिक लाभ मात्रै लिएको भन्दै सो समस्या समाधानका लागि गाउँपलिकाले निकास सहितको कदम चाल्नुपर्ने बैठकमा सहभागिहरुले माग गरेका छन ।
साथै भौतिक निर्माणको काम गर्दा थोरै काम गर्ने तर गुणस्तरिय काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष अध्यक्ष शोभाराज विश्वकर्मा, ४ का अध्यक्ष डाँस बहादुर डाँगी, ६ का अध्यक्ष डोम बहादुर केसी तथा कार्यपालिका सदस्यहरु र स्थानिय बुद्विजिविहरुको उपस्थित रहको थियो ।
बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि सिले सहजीकरण गर्नुभएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत विष्णु प्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रको तर्फबाट डोमाकान्त कवर मगर नेपाली काङ्ग्रेसको तर्फबाट केदार नाथ पौडेल, नेकपा एमालेका गिर बहादुर कवर, हरि गोराथोकी,भिम बहादुर खत्री , शिक्षक वुद्विजिवि गोकर्ण पुन, शिक्षक महासंघका बंगलाचुली गाउँपालिका अध्यक्ष इन्द्र बहादुर बुढा, स्टार बंगलाचुली युवा क्लबका अध्यक्ष ससिधर परियार लगाएतले बोल्नुभएको थियो ।