Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाले प्रारम्भिक वालविकास (ईसीडी) शिक्षकहरुलाई दक्ष बनाउँदै

कमिरेचौर : दाङको बंगलाचुली गाउँपालिकामा मानविय विकासका लागि शैक्षिक जग बलियो बनाउनु पर्ने आज एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

जग बलियो भए मात्र घर बलियो हुने भने जस्तै भन्दै शिक्षाको पहिलो आधार स्तम्भ बालशिक्षालाई स्तरिय बनाउँदै लैजानु पर्नेमा उनिहरुको जोड छ ।

बंगलाचुली गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले गाउँपालिका भरीका सामुदायिक विद्यालयमका प्रारम्भिक वाल विकास ईसिडि शिक्षकहरुका लागि आयोजना गरेको दुई दिने क्षमता विकास तालिमको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

IMG_17201656409615.JPG

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासले बंगलाचुलीमा शिक्षामा आमुल परिवर्तनका लागि सबैपक्षले आ-आफ्नो क्षेत्रबाट योगदान पुराउनु पर्नेमा जोड दिनुभएको छ ।

उहाँले बंगलाचुली गाउँपालिकामा रहेका हरेक वालवालिकालाई गुणस्तरिय क्षिक्षा प्रदान गर्नु सबैको दायित्वरहेको भन्दै अव हरेक सामुदायिक विद्यालयमा समान, गुणस्तरीय र व्यवहारिक शिक्षाको सुरुवात गरिने बताउनुभयो ।

अध्यक्ष पुनले प्रारम्भिक वाल विकास कक्षालाई अब सामुदायिक मन्टेस्वरीको रुपमा विकास गर्दै त्यहाँ अध्ययन गर्ने हरेक वालबालिकालाई गुस्तरिय शिक्षा प्रदानगर्न ईसिडि शिक्षकहरुलाई दक्ष बनाउदै लगिने बताउनुभयो । साथै अब वालविकास कक्षा देखिनै अंग्रेजी माध्यमको पढाईको सुरुवात गरिने समेत जानकारी दिनुभयो ।

गाउँपालिकाले निति तथा कार्यक्रममानै राखेर सामुदायिक विद्यालयमा अग्रेजी माध्यमको पढाईको सुरुवात गर्ने तयारी गरेको भन्दै यसका लागि शिक्षकहरु पनि तयारी अवस्थामा रहन अनुरोध गर्नुभयो ।

IMG_16941656409646.JPG

कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक डोम बहादुर केसी, शिक्षाशखा प्रमुख ओम प्रकाक केसी,प्रशिक्षक मुकुन्दराज रिजाल लगाएतले बोल्नुभएको थियो ।  

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासको अध्यक्षतामा सुरुभएको तालिम उद्घाटन समारोहको सहजिकरण शिक्षाशाखाका डेमराज पुनले गर्नुभएको थियो ।

भोलि सम्म चल्ने तालिममा बंगलाचुली गाउँपालिकाभरका सामुदायिक विद्यालयका ईसिडी शिक्षकहरुको सहभागिता राहेको छ । तालिमको प्रशिक्षकमा मुकुन्द राज रिजाल रहनुभएको छ ।  

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्