Chauthoanga - Nepali News Media
घोराही खानेपानीको अध्यक्षमा ४ जनासहित २७ जनाद्धारा उम्मेद्वारी दर्ता

दाङ : घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नया नेतृत्वका लागि अध्यक्षमा ४ जनासहित विभिन्न ११ पदका लागि २७ जनाले उम्मेद्वारीका लागि नाम दर्ता गराएका छन् । यहि असार २५ गते हुने चुनावका लागि संस्थाको अध्यक्ष पदमा पुनः देवीबहादुर डिसी, नारायनप्रसाद भुषाल, रामबहादुर घर्ति मगर र सुमन शर्मा गरी ४ जनाले अध्यक्ष पदका लागि नाम दर्ता गर्नुभएको हो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा नरबहादुर बुढाथोकी र भरतमणी पाण्डेले मनोनयन दर्ता गराउनु भएको छ । महिला उपाध्यक्षमा लक्ष्मीदेवी सिंह ठकुरी र हेमन्ती पुन मगर, १ सचिव पदकामा दिपककुमार श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । १ कोषाध्यक्ष पदका लागि धु्रव केसी र सानुनारायण अधिकारी गरी दुई जनाको उम्मेद्वारी दर्ता भएको छ ।

यस्तै ३ खुल्ला सदस्य पदका लागि ८ र ३ महिला सदस्य पदका लागि ७ जनाले मनोनयन दर्ता गराएका छन् । खुल्ला सदस्यमा उम्मेद्वारी दर्ता गराउनेमा किशोरकुमार आचार्य, दिनेश ओली, नारायनप्रसाद लामिछाने, महेशकुमार न्यौपाने, युवराज आचार्य, सुनिलकुमार बनिया, हरी पौडेल र हरीप्रसाद खरेल रहेका छन् ।

यस्तै ३ महिला सदस्य पदका लागि खुमाकुमारी खड्का, ज्योती रोका मगर, देवकला पाण्डे, बसन्ताकुमारी भट्टराई, विन्दु पाण्डे, यशोदादेवी पाण्डे र लक्ष्मी अधिकारीले मनोनयन दर्ता गराउनु भएको छ । यस्तै उम्मेदवारी फिर्ताका लागि भोली समय तोकिएको छ ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको