Chauthoanga - Nepali News Media
भक्तपुरका विभिन्न ठाउँमा तीन जनाको शव भेटियो
death_PBnKWDLKuK.jpg

काठमाण्डाै – भक्तपुरका विभिन्न ठाउँमा तीन जनाको शव भेटिएको छ । एक जनाको निसास्सीएर र २ जना सडकमा मृत अवस्थामा भेटिएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सानोठिमीमा निर्मला महर्जनको घरमा डेरा गरी बस्ने उदयपुरको गाईघाट घर भएका ४० वर्षीय गणेश मगर शौचालयमा अचेत अवस्थामा भेटिनुभएको थियो । उहाँको अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै आज बिहान सानोठिमीको दिव्यश्वरी प्लानिङ हलेसी मार्ट पछाडि सडकमा उदयपुरको कटारी घर भएका सुरज तामाङ पनि मृत अवस्थामा भेटिएका छन् ।

यस्तै सूर्य विनायक नगरपालिकाको  नङ्खेल भाराली खोलामा नाम ठेगाना नखुलेका अर्को एक व्यक्ति पनि मृत अवस्थामा भेटिएका छन् । सबै घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको