Chauthoanga - Nepali News Media
बलात्कार मुद्दामा हदम्याद बढ्योः नाबालिगले १८ वर्ष पुगेको ३ वर्षभित्र उजूरी दिइसक्नुपर्ने

काठमाडौँ – बलात्कार मुद्दामा हदम्याद बढाउने (यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। प्रतिनिधि सभा बैठकबाट उक्त विधेयक सर्वसम्मत रुपमा पारित भएको हो।

पारित विधेयकमा बलात्कार मुद्दाको हद म्यादमा परिवर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेको तीन वर्षभित्र उजूरी दिन सकिने व्यवस्था गरिएको छ। यसअघि १८ वर्ष पूरा भएको एक वर्षभित्र उजूरी दिइसक्नुपर्ने व्यवस्था थियो।

बालिगको हकमा भने घटना भएको दुई वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्था गरिएको छ। यसअघि बालिगले एक वर्षभित्र उजूरी दिइसक्नुपर्ने हदम्याद थियो।

यस्तै अपांगता भएका व्यक्ति तथा वृद्धवृद्धाकाे हकमा पनि हदम्याद बढाएर तीन वर्ष पुर्‍याइएकाे छ।

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको