Chauthoanga - Nepali News Media
पल शाह थप १२ दिन थुनामा राख्न अनुमती
paul-1645616003.jpg

काठमाडौं । एक नाबालिग गायिकामाथि करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिनको म्यान थपिएको छ । उनलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।


यसअघि तनहुँ प्रहीले शाहलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानका लागि प्रहरीले थप समय मागेकाले उनको म्याद थपिएको अदालत स्रोत जनाएको छ ।

म्याद थपका लागि शाहलाई आज जिल्ला अदालत लगिएको थियो । अदालतमा उनको बयान सोमबार सुरु हुने बताइएको छ ।

शाहले गत फागुन १५ गते तनहुँ प्रहरीसमक्ष दमौली गएर गिरफ्तारी दिएका थिए । शाहविरुद्ध गत फागुन १२ गते तनहुँ प्रहरीमा जाहेरी परेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको