Chauthoanga - Nepali News Media
तुलसीपुर र लुम्बिनी प्रदेश अस्पतालमा टिकट र बेड निःशुल्क

दाङ : लुम्बीनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क गराउने भएको छ । मन्त्रालयले भोली साउन १ गतेदेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ र लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क गराउने भएको हो । 

लुम्विनि प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारुका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वजेटमा लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा निशुल्क गराउने नितिअनुसार साउन १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । 

‘लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट २०७९ साउन १ गतेदेखि बहिरङ्ग सेवा र जनरल बेड सेवा निशुल्क हुने स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारुले जानकारी दिनुभयो । ओपिडी र बेड निःशुल्क गर्न प्रदेश सरकारले एक करोड ५० लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत पनि निस्शुल्क हुने भएको छ । रगत निशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसंचार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले वजेटमा निशुल्क रगतका लागि ३ करोड रुपैयां वजेट छुट्टाएको छ ।

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको