Chauthoanga - Nepali News Media
घोराही सिमेन्ट उद्योग द्वारा दाङमा रगत अभाव हुन नदिन रक्तदान

दाङ : दाङको घोराही सिमेन्ट उद्योगमा कार्यरत ८० जनाले आज सामुयिक रक्तदान गरेका छन् । जिल्लामा रगतको अभाव हुँदा कसैलाई पनि समस्या नहोस् भनि रक्तदान गरेको उद्योगका जनसंपर्क अधिकारी अमर सुवेदीले जानकारी दिनुभयो ।

उद्योगमा कार्यरत सबै तहका कर्मचारीहरुले सामुहिक रक्तदान गरेको जनसंपर्क अधिकारी सुवेदीले जानकारी दिनुभयो ।उहाँले यस अघि पनि दुईपटक सामुहिक रक्तदान गरिसेको र विचमा कोभिड-१९का कारण रक्तदान रोकिएको बताउनुभयो ।

उद्योगले समय समयमा समयमा मानव सेवाका लागि भिविन्न सामाजिक क्रियाकलापहरु गर्दै आएको जनसंपर्क अधिकारी सुवेदीले बताउनुभयो ।उद्योगले नागरिकका लागि अत्यावश्यक पर्ने सडक, पानी, वातावरण, स्वास्थ्य लगाएतका क्षेत्रमा विभिन्न खालका सामाजिक सेवाहरु गरिरहेको सुवेदीको भनाईछ।

 नेपाल रेडक्रस सोसाइटी द्वारा संचालित बल्डबैँक घोराहीका प्रमुख दिलिप न्यौपाने सहितको टोलीले उद्योगमै पुगरेर ब्लड संकलन गरेका थिए ।  

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको