Chauthoanga - Nepali News Media
दाङमा ६ वटा चोरीका मोटरसाइकल सहित तीन जना पक्राउ

दाङः दाङमा ६ वटा चोरीका मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार बिभिन्न स्थानबाट ६ वटा चोरीका मोटरसाइकल बरामद गरिएको हो । ति मोटरसाईकलसहित तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरास निवासी १८ बर्षी बादल नेपाली, तुलसीपुर १९ छिल्लीकोट घर भइ हाल घोराही ११ बस्ने २१ बर्षीय मदन पुन र रुन्टीगढी गाउँपालिका ९ सखी घर भइ हाल घोराही १४ बस्ने ३० बर्षीय भानुभक्त बाठालाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट लु ३७ प ८३४३, रा ६ प ४१५४, रा २ प ९३४४, लु ६० प ३४९१, रा ६ प ४३०१ र रा ६ प ३३८८ नम्बरको मोटरसाईकल बरामद गरिएको हो । मोटरसाईकल चोरीका घटनाहरु बढेपछि जिल्ला प्रहरी कार्यालय दाङले छुट्टै प्रहरी बिशेष अप्रेसन टोली गठन गरि अनुसन्धान गरेको थियो । उनीहरुले जिल्लाका बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गरेको पाईएको प्रहरीले बताएको छ ।

उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि(संहिता)२०७४ अनुसार ३ बर्ष कैद र ३० हजार रुपैँयासम्म जरिवाना हुन सक्ने कानुनी प्राबधान रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको