Chauthoanga - Nepali News Media
नेपालको व्यापार घाटा १७ खर्ब रुपैयाँ नाघ्यो, १९ खर्बको आयात हुँदा २ खर्बको निर्यात

काठमाण्डौः अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा नेपालको व्यापार घाटा १७ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा गएको आर्थिक वर्षमा झन्डै पाँच खर्ब रुपैयाँले बढेर व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

गएको आर्थिक वर्षमा कुल २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमध्ये नेपालले १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने दुई खर्ब १२ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । गएको आर्थिक वर्षमा भारतबाट १२ खर्ब १५ करोड रुपैयाँको वस्तु आयात भएकोमा एक खर्ब ५५ अर्ब २२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । भारतसँगको व्यापार घाटा १० खर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

यस्तै चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड रुपैयाँको वस्तु आयात भएकोमा जम्मा ८० करोड ८७ लाख रुपैयाँको निर्यात भएको छ । चीनसँग एक खर्ब ६ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।

 

 

 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको