Chauthoanga - Nepali News Media
एकै दिन ५ सय ६८ जनामा काेराेना पुष्टि

काठमाण्डौः  नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४८ सय जनाको नमुना परीक्षण गर्दा पाँच सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ सय ३४ जना पुगेकाे छ । पछिल्लो समय थपिने सङ्क्रमितको सङ्ख्या धेरै र निको हुनेको सङ्ख्या कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको छ ।

 

थप ६३ हजार तीन सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 अबको दशक नेपाल निर्माण र समुन्नतिको हुन्छ : विश्वप्रकाश शर्मा

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको