Chauthoanga - Nepali News Media
बंगलाचुलीमा कृषकले लगाएको मकैबाली हावाहुरी पार्यो नष्ट

दाङ:दाङको बंगलाचुलीकामा वर्षा सँगै आएको हावाहुरीले कृषकहरुले लगाएको मकै बालि नष्ट गरेको छ । बंगलाचुली गाउँपालिकाका वडा नं १, २,३, ४, ५ ,६ ,७ र ८ का  विभिन्न स्थानका किसानहरुले लगाएको बर्षेबालि मकैमा क्षेति पुगेको सम्बन्धित वडाका वडा अध्यक्षहरुले जानकारी गराउनु भएको छ ।

हावाहुरीले सयौँ विगाहा जमिनमा लगाएको मकै बालि नष्ट गर्दा कृषकहरुको मानो छरेर मुरी उब्जाउने सपना चकनाचुर भएको छ । भने आगामी दिनमा छाक टार्न समस्या हुन सक्ने समेत कृषकहरुको चिन्ता छ । बंगलाचुली गाउँपालिकाको अधिकांश ठाउँका किसानहरुले खेति गर्ने वर्षे बालि मध्य मकै बालि प्रमुख रहेको छ । यसैविच बंगलाचुली गाउँपालिकाले हावाहुरीले मकै बालिमा पुराएको क्षेतिको विवरण संकलन गरिरहेको छ ।गाउँपालिका अन्तर्गतका सम्बन्धित वडाका अध्यक्षहरुले कृषकको बारीमै पुगेर क्षेतिको विवरण संकलन गरिरहनुभएको छ ।

 बंगलाचुली गाउँपालिका वडा नं ४ का अध्यक्ष डाँस बहादुर डाँगी ६ का अध्यक्ष डोम बहादुर केसि ५ का अध्यक्ष लिला बहादुर घर्ति ले कृषको बारीमै पुगेर मकै बालिको क्षेतिको विवरण संकलन गर्नुभएको छ । गाउँपालिकाले क्षेतिको विवरण संकलन गरिसकेपछि कृषकहरुलाइ उचित राहातको व्यवस्थापन गरिने बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन मगर सुवासले जानकारी दिनुभययो ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०७:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको