Chauthoanga - Nepali News Media
निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुग्याे : दोषी अझै पत्ता लागेन


काठमाण्डाैः कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताउनुभयो ।

अहिले पनि त्यस क्षेत्रका १८/१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । हत्याकाण्डको अनुसन्धानका लागि १ सय ७ जनाको डीएनए परीक्षण भइसकेको छ भने अहिलेसम्म ६ सय ३५ जनालाई सोधपुछ गरिएको छ ।

नेपाल प्रहरीले धेरै साधन स्रोत र जनशक्ति खर्च गरेर निरन्तर चार वर्षसम्म यसरी अनुसन्धान गरेको याे पहिलो घटना भएको प्रहरी अधिकारीहरु बताउँछन् । २०७५ साल साउन १० गते उल्टाखामकी १३ वर्षकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । हत्या भएको भोलिपल्ट उखुबारीमा पन्तको शव भेटिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको