Chauthoanga - Nepali News Media
एसईईकाे नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाण्डाैः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (.एसईईको)  नतिजा सार्वजनिक गरेको छ ।  बार्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा सार्वजनिक गर्नुअगाडि बोर्डको बैठक बसेको थियो । कोभिडका कारण दुई वर्ष आन्तरिक मूल्याङकनका आधारमा परीक्ष सञ्चालन भएको भए पनि यो वर्ष भने बोर्डले नै एसईई परीक्षा नै सञ्चालन गरेको थियो । यो पटक ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको