Chauthoanga - Nepali News Media
भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी

काठमाण्डाैः भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ ।

पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङ गरेको भारत वेस्ट इन्डिजका ओबेद म्याककोयले ६ विकेट लिएपछि १९ ओभर ४ बलमा १ सय ३८ रनमा अलआउट भएको थियो । म्याककोयले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिए ।

जेसन होल्डरले २ विकेट लिए । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । भारतका अर्शदीप सिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पान्ड्याले एक/एक विकेट लिए ।

खेलाडीको सामान ढिलो आउँदा गएरातिको खेल तीन घण्टापछि सरेको थियो । दुई देशबीचको तेस्रो खेल आज हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको