Chauthoanga - Nepali News Media
दाङमा ८ बर्षीया बालिका बलात्कृत

दाङः दाङमा एक ८ बर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ ।

हिजो राति ९ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ५ निवासी अञ्दाजी २८ बर्षीय चमन विकले सोही ठाउँ निवासी बालिकामाथि जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

 

ति युवकले बालिकाको घर देखि एकसय मिटर टाढा मकै बारीमा जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । विकलाई आज विहान १० बजे विजौरीमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको