Chauthoanga - Nepali News Media
२४ घण्टामा ९ सय १५ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै : नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।  पछिल्लो २४ घण्टामा नौ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई जनाको नमुना परीक्षण गर्दा नौ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा तीन सय एक जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा पाँच हजार चार सय ३३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा ५५ हजार पाँच सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको