Chauthoanga - Nepali News Media
दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

लमहीः दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । आज बिहान लमही नगरपालिका–६ देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्र्याक्टरबाट खसेर १५ वर्षीय सुशान चौधरीको ज्यान गएको हो ।

ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको