Chauthoanga - Nepali News Media
कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु

धनगढी : कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर घाइते भएका परियारको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिनुभयो । उहाँको शव परीक्षणका लागि अहिले टीकापुर अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको