Chauthoanga - Nepali News Media
दैनिक साढे ४ घण्टा  एप चलाएर बिताउँछन् मोबाइल प्रयोगकर्ताले

ऐझजेन्सी : पछिल्लो समय मोबाइल एपमा धेरै समय बिताउनेको संख्या बढेको छ। यसअघि कोभिड–१९ को महामारीको कारण मोबाइलमा एप प्रयोग गर्नेको संख्या बढेकोमा उक्त प्रवृत्तिले निरन्तरता पाएको हो।

अहिले विश्वभर मोबाइल प्रयोगकर्ताले दैनिक ४ देखि ५ घण्टा एप चलाएर बिताउने गरेको एप इन्टेलिजेन्स कम्पनी डेटा डटएआईले बताएको छ। यद्यपि दैनिक एप चलाएर समय बिताउनेको संख्या फरक फरक मुलुकमा फरक फरक छ।

अहिले विश्वका विभिन्न १३ मुलुकका मानिसले दैनिक ४ घण्टाभन्दा लामो समय एप चलाएर बिताउने गरेको पाइएको छ।जसमा इन्डोनेसिया, सिंगापुर, ब्राजिल, मेक्सिको, अष्ट्रेलिया, भारत, जापान, दक्षिण कोरिया, क्यानडा, रुस, टर्की, अमेरिका र बेलायत रहेका छन्।

यीमध्ये इन्डोनेसिया, सिंगापुर र ब्राजिलमा मोबाइल प्रयोगकर्ताले दैनिक पाँचघण्टाभन्दा धेरै समय एप चलाएर बिताउने गरेका छन्। 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको