Chauthoanga - Nepali News Media
लुम्विनी प्रदेश राजधानी निर्माणका लागि राप्ती प्राविधिक शिक्षालयलाई स्तान्तरण गरिँदै

भालुबाङ: लुम्बिनी प्रदेशको स्थायी राजधानी राजधानी निर्माण एवं स्थापनाका लागि राप्ती प्राविधिक शिक्षालय स्तान्तरण गरिने भएको छ । प्राविधिक शिक्षालय सञ्चालक समितिको आज बसेको बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माणको लागि शिक्षालय सार्ने निर्णय गरेको हो । बैठकले राप्ती प्राविधिक शिक्षालय लाई सरस्वस्ती मावि गढवामा सार्ने निर्णय गरहेको हो ।  

प्रमुख जिल्ला अधिकारी एवं सञ्चालक समितिका अध्यक्ष हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले यस्तो नियर्णय गरेको हो । संचालक समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले शिक्षालय स्थान्तरणका लागि सबैले सहयोग गर्न अनुरोध गर्नुभएको छ । यस्तै राप्ती प्राविधिक शिक्षालय प्रमुख शालिकराम डाँगीले शिक्षालय सार्ने  निश्चित भएपछि सबै काम गर्न सजिलो हुने भएकोले शिक्षालय सार्न ढिलाई गर्न नहुने बताउनुभयो ।

बैठकमा सहभागी मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माण र राप्ती प्राविधिक शिक्षालयको विकासका लागि बरावरी प्राथमिकता राखेर सरकारले काम गर्ने, त्यसका लागि सबैले सहयोग गर्न र काम छिटो टुङ्गाउँन निर्देशन दिनुभएको छ ।

बैठकले राप्ती टेक्निकललाई २०७९ साल साउन ३१ गते सार्ने, टेक्निकलकोले सो भवन एवं सामान बरबुझरातका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई पत्रचार गर्ने, सार्नका लागि आवश्यक बजेट र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारकासँग बजेट माग गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको