Chauthoanga - Nepali News Media
कांग्रेसले निर्वाचित जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण गर्ने
nc.jpg

ललितपुर : नेपाली कांग्रेसले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यही साउन ३० र ३१ गते ललितपुरमा सो कार्यक्रम हुनेभएको हो।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य रहने कार्यक्रममा स्थानीय तह निर्वाचनमा निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष सहभागी हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो। 

त्यसैगरी मङ्सिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीस्वरूप पार्टीले भदौ २ देखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ।   

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको