Chauthoanga - Nepali News Media
नेपालले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने

काठमाण्डाै : नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।

नेपालले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एक दिवसीय शृङ्खला खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । पहिलो टी–२० अगस्ट २५ तारिखमा हुनेछ ।

यस्तै अन्तिम टी–२० अगस्ट ३० मा तारिखमा हुनेछ । पहिलो एक दिवसीय सेप्टेम्बर २, दोस्रो एक दिवसीय सेप्टम्बर ३ र अन्तिम एक दिवसीय सेप्टेम्बर ५ तारिखमा हुनेछ । खेल केन्यामा हुनेछ । क्यानले हिजो केन्यासँग खेल्न सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको छ ।

टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने विनोद भण्डारी र कुशल भुर्तेल टिममा अटाएनन्  । यस्तै, अर्जुन साउद पहिलो पटक टिममा परेका छन् । नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको