Chauthoanga - Nepali News Media
पछिल्लो २४ घण्टामा आठ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौँ : पछिल्लो २४ घण्टामा आठ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार सात सय पाँच जनाको नमुना परीक्षण गर्दा आठ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा चार सय १४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार आठ सय ८५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार आठ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको