Chauthoanga - Nepali News Media
लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालय द्वारा बंगलाचुली गापालाई विभिन्न आधुनिक स्वास्थ्य उपकरण प्रदान

कमिरेचौर: लुम्विनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दाङको बंगलाचुली गाउँपालिकालाई विभिन्न प्रकारका स्वास्थ्य उपकरण दिएको छ ।मन्त्रालयले करिव १६ लाख बराबरको डिजीटल स्वास्थ्य उपकरण पालिकालाई उपलब्ध गराएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन शुवासले जानकारी दिनुभयो  ।

अध्यक्ष पुनका अनुसार मन्त्रालयले ऐक्सरे मेसिन एउटा, ईसीजी मेसीन एउटा,प्यासेन्ट मनिटर मेसीन एउटा र युएसजी मेसीन एउटा गरी जम्मा १५ लाख ८३ हजार ५ सय ३७ को स्वास्थ्य उपकरणहरु गाउँपालिकालाई दिएको हो ।

स्वास्थ्य मन्त्रालयले गाउँपालिकालाई दिएको सबै उपकरण आधुनिक स्तरका रहेको बताईएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सी राम पुन शुवासको विशेष पहलमा लुम्विनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले स्वास्थ्य उपकरणहरु  दिएको हो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले भन्नु भयो," मैले स्वाथ्य मन्त्री ज्यूलाई अस्पतालको स्वाथ्य उपकरणका लागि पहल गरेको थिँए । उहाँ कै सिफारिसमा अहिले सो सामग्रीहरु मन्त्रालयले गाउँपालिकालाई उपलब्ध गराएको हो ।" अध्यक्ष पुनले बंगलाचुली गाउँपालिकाका नागरिकलाई पालिका भित्रै गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आफुहरुले हरेक प्रयत्न जारी राखेको बताउनु भयो ।

बंगलाचुली गाउँपालिकाले अहिले १५ शैय्याको अस्पताल निर्माण गरी संचालन गरि सकेको छ ।सम्भवत नेपालमै १५ शैय्या अस्पताल संचालन गर्ने पहिलो पालिकामा बंगलाचुली गाउँपालिका रहेको छ । पालिकाले संचालन गरेको अस्पताल बाट हाल प्रसुती सेवा,ओपिडि सेवा, विरामिलाई आवश्यक पर्ने निशुल्क औषधी वितरण जस्ता सेवा प्रभाव भईरहेको अस्पतालका प्रमुख सिअहेव अधिकृत नेव बहादुर केसीले जानकारी दिनुभयो ।उहाँका अनुसार हाल बंगलाचुली अस्पतालको अन्य भौतिक निर्माणका कामरु पनि धमाधम चलिरहेको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको