Chauthoanga - Nepali News Media
साझा विकास मुल समितिको तिज मिलन कार्यक्रम सम्पन्न

 

कमिरेचौरः दाङको बंगलाचुली ३ कमिरेचौरमा आज तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । समाज विकास सञ्जालको सहयोग तथा साझा विकास मुल समिति बंगलाचुलीको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको हो । परम्परा जोगाऔ विकृति हटाऔ भन्ने मुल नाराका साथ तिज मिलन कार्यक्रम सम्पन्न भएको हो ।

समाज विकास सञ्जालका जेष्ट नागरिक सदस्य गायत्रि नेपालिको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवासको प्रमुख आतिथ्यतामा उक्त कार्यक्र सम्पन्न भएको हो ।कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नं ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नं ४ का वडा सदस्य दिपक परियार, नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष पुनले समाज विकास सञ्जाल सँग गाउँपालिकाले सहकार्य गर्न खोजिरहेको र आगामि दिनमा सहकार्य गर्ने बताउनुभयो । उहाँले चाडर्व रचनात्मक रुपमा सहयोगि भावनाका साथ मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजिकरण उमा बुढाले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको