Chauthoanga - Nepali News Media
दाङको राजपुरमा झाडापखाला फैलीयो,एक बालिकाको मृत्यु ,१७ विरामी
संकेतिक तस्विर

दाङ : दाङको राजपुर गाउँपालिका–७ भैंसाहीमा झाडापखाका कारण एक बालिकाको मृत्यु भएको छ । झाडापखालाका कारण अरु १७ जना बिरामी भएका छन् । झाडापखालाले ७ बर्षिया सम्झना परियारको मृत्यु भएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा संयोजक कमल बहादुर रोकायाले जानकारी दिनुभयो ।

अहिले सो क्षेत्रमोत्र स्वास्थ्यकर्मीको टोलिले उपचार गरिरहेको छ । बिहिवार दिउँसोदेखि झाडापखाला फैलिएको र त्यसैदिन बालिकाको ज्यान गएको रोकायाले वताउनुभयो । नाका क्षेत्रमा फोन सम्पर्क नहुने र भारतको बाटो जानुपर्ने भएकाले उपचारमा समस्या रहेको उहाँले वताउनुभयो ।

स्थानीय भैंसाही खोलाको दुषित पानी खाँदा झाडापखाला फैलिएको रोकायाले बताउनुभयो । राजपुर गाउँपालिका ७ भैंसाहीनाकाका ५३ वर्षिया शेषमती बुढाथोकी, २८ वर्षिया लालमती परियार, उनकी छोरी ३ वर्षिया सपना परियार, ९ वर्षिया अस्मिता बुढा, २३ वर्षिया विमला राना, ४ वर्षिय सुदिप राना, ४३ वर्षिय बालाराम गिरी र डेढ वर्षिय हिमाल राना बिरामी परेको उहाले वताउनुभयो ।

यसैगरी राजपुर ७ भैसाहीनाकाका ३८ वर्षिय केशरबहादुर घर्ती, ३५ वर्षिय गंगाराम परियार,  १२ वर्षिय शेरबहादुर घर्ती, २८ वर्षिया प्यारी राना, ६८ वर्षिया अम्बा पुन, ३७ वर्षिय सुनमाली कवर, २७ वर्षिय शोभा गिरि, ३३ वर्षिया पार्वती कवर र डेढ महिनाकी तुलसी घर्ती पनि बिरामी हुनुभएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको