Chauthoanga - Nepali News Media
कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला मङ्गलवार

काठमाण्डाै : सर्वोच्च अदालतले आज आइतवार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदाे मङ्गलवार सुनाउने भएको छ । 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले याे फैसला सुनाउने भएको हो । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलवारका दिन निर्णय सुनाउने मिति तय भएको हो । यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो । 

कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गएकाे साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र पालिकामा कर्मचारी समायोजन अन्योलमा परेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको