Chauthoanga - Nepali News Media
एकाविहानै बन्दकर्ताले टिप्पर जलाए

दाङ: नेपाल बन्दकाे समयमा गाडि चलाएको भन्दै  दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा  बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।

चारपाँच जनाको समुहमा रहेका अज्ञात व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो  सल्काएर भागेकाे टिप्पर चालकले जानकारी दिनुभएको छ। आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

आगजनीमा संलग्नहरुको खोजि सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।

तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ०६:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको