Chauthoanga - Nepali News Media
बिमा रकमका लागि बन्दको मौका छोपी आफ्नै टिप्परमा आगजनी

दाङः  बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।
घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।
विभिन्न चार राजनीतिक दलले आह्वान आज गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताउनुभयो ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उहाँले बताउनुभयो । गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिनुभयो । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको