Chauthoanga - Nepali News Media
बंगलाचुली गापा अध्यक्ष पुनद्वारा विभिन्न योजनाको अवलोकन,ढावका पहिरो पिडितहरुको घर छिट्टै निर्माण गरिने

कमिरेचौर : बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले वडा नम्वर ७ को ढावका पहिरो पिडितहरुको घर छिट्टै निर्माण गरिने बताउनु भएको छ । अध्यक्ष पुनले बंगलाचुली गाउँपालिकाले पहिरो पिडितका घरहरु निर्माणका लागि केन्द्र सरकार संग बजेट माग गरिसकेको हुँदा चाँडो भन्दा चाँडो घर निर्माणको काम सम्पन्न हुने बताउनु भएको छ ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन शुवासले पहिरो पिडितहरुको लागि निर्माण गरिएको एकिकृत बस्तिको अवलोकानका क्रममा स्थानियहरु संगको भेटमा यस्तो जानकारी दिनुभएको हो । सो अवसरमा पहिरो पिडितहरुले गाउँपालिका अध्यक्ष पुनलाई चाँडो भन्दा चाँडो घरहरु निर्माण गर्दिन अनुरोध गरेका थिए । २०७७ सालमा  अविरल वर्षा संगै आएको पहिरोले बंगलाचुली गाउँपालिका वडा नं.-७ ढावको वस्ती पहिरोले बगाएको थियो । सो पहिरोका कारण ४८ घर परिवार विस्तापित हुन पुनेका थिए। विस्थापित परिवार मध्य बंगलाचुली गाउँपालिकाको लागानिमा अहिले सो स्थानमा १६ वटा घरहरु निर्माण भईसकेका छन् । अब ३२ वटा घरहरु केन्द्र सरकारले दिने बजेट बाट निर्माण गरिने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

अध्यक्ष पुनले पहिरो पिडितहरुको लागि पालिकाले निर्माण गरेको घरहरुको अवलोकन तथा पिडितहरु संग भेटघाट गर्दै त्यहाँको अवस्थाको जानकारी लिनुभएको छ । यसैविच अध्यक्ष पुनले बंगलाचुली गाउँपालिका वडा नम्वर ८ को हाँसीपुरमा रहेको हाँसिपुर आयुर्वेद अस्पतालको निर्माणाधिन भवनको अवलोकन गर्नु भएको छ ।

बंगलाचुली गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको संयुक्त लगानिमा अहिले आयुर्वेद अस्पताल भवन निर्माणको काम भईरहेको छ । सो अस्पताल ७० लाख लागतमा निर्माण हुने अध्यक्ष पुने जानकारी दिनुभयो । अनुगमनका क्रममा नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपार्टी अध्यक्ष डोमाकान्त कवर मगर, बंगलाचुली गाउँपालिका निवर्तमान अध्यक्ष भक्त बहादुर वली,वडा नम्वर ८ का अध्यक्ष झविन्द्र गाहा मगर,निवर्तमान वडा अध्यक्ष गिरराज बाँठामगरको समेत सहभागिता रहेको थियो ।  

 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको