Chauthoanga - Nepali News Media
माओवादी केन्द्र दाङको इन्चार्जमा आचार्य

दाङः । नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन हुनुभएको छ । लुम्बिनी प्रदेश समितिको शनिवार बुटवलमा बसेको बैठकबाट आचार्यले पार्टीको इन्चार्जको जिम्मा पाउनुधएको हो । पार्टी पोलिटब्यूरो सदस्य आचार्य लामो समय सह–इन्चार्जको जिम्मेवारीमा रहनुभएको थियो । गत बैशाखमा जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्य गरेर एमाले प्रवेश गर्नुभएको थियो । अहिले त्यो भूमिका आचार्यले पाउनुभएको छ । आचार्य दोस्रो संविधानसभा २०७० सालको चुनावमा झिनो मतको अन्तरले नेपाली कांग्रेसका राजु खनालसँग पराजित हुनुभएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको