Chauthoanga - Nepali News Media
हार्ड रक क्याफेको मेनुमा ‘द मेस्सी बर्गर’
Messi-Burger.jpg

विश्व चर्चित फ्रेन्चाइज रेस्टुरेन्ट हार्ड रक क्याफेले आफ्नो मेनुमा ‘द मेस्सी बर्गर’ परिकार थप गरेको छ । विश्वभर रहेका आफ्नो रेस्टुरेन्टमा मंगलबारदेखि यो परिकार उपलब्ध हुने क्याफेले जनाएको छ ।

फुटबल स्टार लियोनल मेस्सीसँगको सहकार्यमा आफ्नो लाइभ ग्रेटनेस अभियानअन्तर्गत परिकार लन्च गरिएको हो । मेस्सी स्वयंले प्रवद्र्धन गर्ने बताइएको यो परिकारलाई विश्वभरका फ्रेन्चाइजबाट अर्डर गर्न सकिने क्याफेले उल्लेख गरेको छ ।

मेस्सीसँगको साझेदारीबाट प्रभावित भएर उनकै नाममा परिकारको नामकरण गरिएको र संस्थाले गौरवान्तित महसुस गरेको क्याफेले जनाएको छ । हार्ड रक क्याफेमा मेस्सीसहित पहिल्यैदेखि उपलब्ध स्वादिष्ट १० बर्गर परिकार उपलब्ध रहेको जनाइएको छ ।

मेस्सी बर्गर चाख्दा ग्राहकले हार्ड रककै चीरपरिचित स्वादमा जुस मिसिएको बफको स्वाद समेत पाउनेछन् । कम मूल्यमा फ्राइड अण्डा मिसाएर समेत मेस्सी बर्गर समेत खान पाइने जनाइएको छ ।

सन् २०२१ मा मेस्सीले हार्ड रक क्याफेसँग मिलेर लाइभ ग्रेटनेस अभियान चलाएका थिए । फुटबल फ्यानलाई लक्षित गर्दै सन् १९७१ मा लन्डनमा पहिलोपटक स्थापित हार्ड रक क्याफेले अभियान चलाएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको