Chauthoanga - Nepali News Media
अहिले देशका अधीकांस भूभागमा भारि मात्रमा वर्षा , बबई नदीमा जलसतहले सतर्कता तह पार गर्यो

काठमाण्डाै : अहिले देशका अधीकांस भूभागमा भारि मात्रमा वर्षा भईरेको छ । अहिले देशै भरी भारी वर्षात भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेदाँ मनुसुन थप सक्रिय हुने महाशाखाले जनाएको छ।

देशका  केही स्थानहरूमा मेघ गर्जन साथ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

 यसैविच  बबई नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । यसको जलाधार क्षेत्र दाङको तुलसीपुर, घोराई आसपासमा ठूलो वर्षा भइरहेकाले अझै नदीमा पानीको सतह बढ्ने अनुमान गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले बाढीको खतरा रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको खतरा रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, बर्दियाको रम्बापुर, रानी जरूवा नर्सरी, धनवास लगायत कैलाली, कञ्चनपुर, डडेलधुरा, प्युठानको केही ठाउँमा पनि ठूलो वर्षा भएको र थप हुनसक्ने महाशाखाले जनाएको छ । 

बबईका सहायक नदी लगायत कान्द्रा, मोहना, रङ्घुन, चौधर नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले बिहान ९ बजेसम्म नै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०८:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको