Chauthoanga - Nepali News Media
रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा दिदी भाइको मृत्यु
dre.jpg

रुपन्देही : रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा दिदी भाइको मृत्यु भएको छ । दुर्घटनामा तिलोत्तमा–३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उनका सात वर्षीय भाइ सुग्रीम खरालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाणले जानकारी दिनुभयो ।     

 आइतबार साँझ तिलोत्तमा नगरपालिका–६ गोरकटास्थित भित्री सडकमा लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चार घाइते भएका छन् । उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको