Chauthoanga - Nepali News Media
परीक्षा बोर्डको बैठक स्थगित, कक्षा १२ को नतिजा छिट्टै प्रकाशित गरिने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डको आज  बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक स्थगित भएसँगै कक्षा १२ को नतिजा आज सार्वजनिक नहुने भएको छ। बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले बोर्ड बैठक स्थगित भएको जानकारी दिनुभयो। 

‘आज दिउँसो ३ बजे बैठक बस्ने भनिएको थियो तर फेरि नबस्ने भन्ने कुरा आयो,अब कहिले बस्ने ठेगान छैन’, परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले भन्नुभयो,‘नतिजा भने अब छिट्टै नै प्रकाशित गर्ने तयारी छ तर ठ्याक्कै मिति तोक्नचाहिँ सकिँदैन।’​
 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको