Chauthoanga - Nepali News Media
नेपाली कांग्रेस क्षेत्र नं २(क) दाङले पार्टीलाई बलियो बनाउन प्रतिनिधिहरु खटायो
nc.jpg

दाङ : नेपाली कांग्रेस क्षेत्र नं २(क) दाङले आफ्नो प्रदेशभित्र पर्ने वडाहरुमा प्रतिनिधिहरु खटाएको छ ।खटेर जाने प्रतिनिधिहरुले वडाहरुमा पार्टीको संगठन बलियो बनाउन पहल गर्दै आसन्न निर्वाचनमा कांग्रेसलाई बिजयी गराउनका भूमिका खेल्नु पर्ने छ। जनताको साथमा कांग्रेस अभियानलाई थप उत्साहित बनाउन प्रतिनिधि खटाएको काग्रेसले बताएको छ ।

क्षेत्र न २ (क) ले बङ्लाचुली गाउंपालिका वडा नम्वर एकमा पूर्णबहादुर मल्ल, वडा नम्वर दुईमा ध्रुबकुमार पुन,वडा नम्वर ३ मा नारायण भणडारी वडा नम्वर ४ मा बमबहादुर खड्का वडा नम्ब पाँचमा देवा जिसी , वडा नम्वर ६ मा जगतु चौधरी र हरिबहादुर घर्ती त्यसैगरी बङ्लाचुली गाउपालिका सातमा हरि जिसी र बङ्लाचुली गाउंपालिका वडा नम्वर ८ मा दामोदर शर्मालाई खटाउने निर्णय गरेको क्षेत्र न २ (क) सचिव शिशिर अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी घोराही उपमहानगरपालिका-४ मा पुरुषोत्तम शर्मा र केशव नेपाली, घोराही-१७ मा जुनुकुमारी बुढा र गंगा श्रेष्ठ, घोराही-१५मा भुवन चौधरी र द्रोपता न्यौपाने, घोराही-१४ मा दुर्गा जिएम र बसन्त गुप्ता,घोराही-१३ मा सरस्वता गौतम र सपना नजगैया अधिकारी, घोराही-१८ मा ध्रुब केसी र दिपा वली, घोराही-१९ मा बिष्णु पोखरेल र राजिब उल्लाह खानलाई खटाएको छ ।

यसरी नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले सभापति प्रकाश श्रेष्ठ, उपसभापति तिलक बहादुर भण्डारी, सचिव शिशिर अधिकारी र माया कुमारी पोखरेललाई आवश्यकता अनुसार प्रदेशभित्र पर्ने वडाहरुमा सबै प्रतिनिधिहरुलाई समन्वय र सहयोग गर्ने निर्णय गरेको छ। सभापति प्रकाश श्रेष्ठको सभापतित्वमा बसेको बैठकले हरितालिका तीज तथा ऋषी पञ्चमीको उपलक्षमा समस्त महिला दिदी बहिनीहरुमा शुभकामना ब्यक्त गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको