Chauthoanga - Nepali News Media
बंगलाचुली चार गहतेरामा अविरल वर्षासंगै आएको पहिरोका कारण लाखौको क्षती
सांकेतीक तस्वीर

कमिरेचौर : अविरल वर्षा संगै आएको परिहिरोले दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ४ गहतेरामा लाखौको क्षती पुर्याएको छ ।अविरल वर्षाका कारण ध्युसर र मानाखोलाको सिरबाट करिव सय मिटर ठुलो पहिरो खस्दा १० वटा कुलोको बाँद र दुईवटा खानेपानीको मुहानमा क्षतीपुगेको बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डागीले जानकारी दिनुभयो । डाँगीका अनुसार पहिरोले खानेपानीको मुहान र कुलोको बाँध मा ५६ लाख बराबरको क्षतीपुराएको छ ।

उहाँका अनुसार पहिरोले गहतेरा गाउँमा आएको दाङवाङ खानेपानी आयोजनाको दुईवटा बाँध पूर्णरुपमा क्षती पुराउनुका साथै पानिका पाईपहरु बगाएको छ । पहिरोले घ्यूरस खोला र मानाखोलाको बाँद बगाएको छ ।   खानेपानी आयोजनामा क्षती पुग्दा १ सय २५ घरधुरी पानी खानबाट बन्चित भएका छन् ।वडा अध्यक्ष डाँगीका अनुसार पहिरोले खानेपानीको मुहान बगाउँदा करिव १६ लाख बरावरको क्षती पुर्याएको छ । यस्तै पहिरोले बंगलाचुली ४ को मानाखोला र  सुकाखोलामा रहेका १० वटा कुलोका बाँदहरु पूर्णरुपमा भत्काएको छ ।

पहिरोले कुलोका बाँदहरु भत्काउँदा करिव ४५ लाख बराबरको क्षती भएको वडा अध्यक्ष डाँस बहादुर डाँगिले जानकारी दिनुभयो । कुलोका बाँदहरुमा क्षतीपुगे पछी कृषकहरुलाई धान खेतमा पानी चहार्न बाट बन्चित हुनु परेको छ ।  

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ०७:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको