Chauthoanga - Nepali News Media
दुर्गमको खुसी बंगलाचुली अस्पताल

कमिरेचौर : ‘गाउँमा अस्पताल नबन्दासम्म दुःख बिरामी परे पनि औषधी उपचार समयमा पाउन निकै मुस्किल प्रथ्यो । समयमा औषधी उपचार नपाउदा  कतिपयले अकालमै ज्यान जान्थ्यो । नजाओस् पनि कसरी गाउँमा अस्पताल थिएन । अस्पतालको नाममा सानो स्वास्थ्यचौकी थियो । जहाँको स्वास्थ्य पनि नाजुक थियो । अहिले गाउँमा ठूलो अस्पताल बनेको छ । त्यो दुख भोग्नु परेको छैन । ठूला रोग लागे मात्रै अन्यत्र जानुपर्छ । अरु उपचार गाउँमै मिलेको छ । ’ बंगलाचुली गाउँपालिका वडा नं. ३ मेनका वलीले भन्नुभयो,‘ दुर्गमको दुखमा अस्पतालमा मलम लगाउदै छ ।’

बंगलाचुली गाउँपालिका दाङको दुर्गम पहाडी क्षेत्र हो । जहाँ सडक, खानेपानी, बिजुली, यातायात र स्वास्थ्य सेवाको स्थिती अझै नाजुक नै छ । गाउँ गाउँमा पक्की सडक र बस,  घरघरमा खानेपानी र गाउँमै राम्रो अस्पताल र उपचार सपना पुस्तानी पुरानो हो । तर अहिले स्थानीय सरकारले स्वास्थ्य सेवाको अवस्था फेर्नका लागि नयाँ योजनासहितको काम गर्दा स्थानीय खुसी बनेका छन् । वलीले थप्नुभयो– ‘अस्पतालका मस्तै दुख थियो । केही भए घोराही जानुपर्थो । घोराही जान पनि  बसको मस्तै दुख थियो । अहिले गाउँमै अस्पताल बन्दा त्यो सबै दुखबाट मुक्ति पाएका छौं । अस्पताल दुर्गमका दुखीको खुसी बनेर उभिएको छ ।’

उहाँ मात्रै होईन । स्थानीय सावित्री बिकले पनि उस्तै खुसी कुरा सुनाउनुहुन्छ ।‘रात बिरात गाउको कोही सुत्केरी भए स्टेचरबाट रातारात घोराही लैजानुपर्ने बाध्यता थियो । सुत्केरी मात्रै होईन अन्य कुनै बिरामी परे उतिखेरै अस्पताल जान्छौं । हामीलाई अब अस्पतालको दुःख छैन । गाउँ ठूलो अस्तपताल र ठूला डाक्टर आएका छन् ।’ – बिकले भन्नुभयो– ‘सरकारले अस्पताल दियो । हामीलाई सुख छ । ’ स्थानीय सरकारले आधुनिक भवन सहितको स्तरीय स्वास्थ्य सेवा सञ्चालनमा ल्याएसँगै यो खुसीको दुर्गमवासीको मुहारमा भेटिन्छन । बिकले थप्नुभयो– ‘ यो दुखीका ठाउँमा यति ठूलो अस्पताल र डाक्टर कहिले आउला र, जस्तो लाग्थ्यो ?’

‘दुर्गम गाउँपालिकावासीले सबैभन्दा धेरै दुख औषधी उपचारकै थियो । कयौले समयमा अस्पताल सेवा नपाउदा ज्यान समेत तलमाथि भएका घटनाहरु छन् । तर स्थानीय सरकार आएसँगै दुर्गममा यो खुसी पनि आयो । भिडियो एक्सरेदेखि प्रयोगशाला सेवासम्मको सबै सेवा अस्पतालले प्रवाह गरिरहेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष सुवास पुनले भने– ‘यो अस्पताल र उपचार हाम्रा लागि पहिलो खुसी बनेर उभिएको छ । ’ नागरिकको य स्वास्थ्य सेवाका लागि स्थानीय सरकारले लिफ्ट सहितको अपाङमैत्री १५ बेडको अस्पताल सञ्चालनमा ल्याएको हो । जसका लागि आवश्यक पर्ने अन्य पूर्वाधार दुईतले प्रयोगशाला भवन, शव गृह, चिकित्सक आवास र भोजनालय लगायतका संरचनाहरु निर्माणको अन्तिम चरणमा रहेको उनले बताउनुभयो ।

अस्पतालको सेवा सञ्चालन नै मात्रै होईन निर्माणाधीन संरचनाले पनि दुर्गमको मुहारमा अर्को खुसी थपिदिएको उहाँको भनाईछ । संरचना निर्माण पनि बंगलाचुलीको स्वास्थ्य सेवाको अवस्था अझै स्तरीय व्यवस्थित बन्ने विश्वास उहाँको भनाई छ । १५ शैय्याको अस्पतालबाट भिडियो एक्सरे, प्रयोगशाला निशुल्क प्रसुती तथा फार्मेसी सेवा , पोषण र एक्सरे सेवा सञ्चालनमा रहेको उहाँले बताउनु भयो । दक्ष चिकित्सक सहितको सेवाका लागि दैनिकी विरामीको दर पनि बढ्दै गइरहेको उहाँको भनाई छ ।    

 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको