Chauthoanga - Nepali News Media
दाङमा लेनदेन र रुख कटान मुद्दामा फरार दुई जना पक्राउ
arrested__6s5kl1zvrd_2g7R3wtpMo.jpg

दाङ - दाङमा प्रहरीले लेनदेन र रुख कटान मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेनदेन मुद्दाका लमही नगरपालिका–५ का ५० वर्षीय जीवन थापा मगर र रुख कटान मुद्दाका लमही नगरपालिका–९ का ३३ वर्षीय प्रमोद विक रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

लेनदेन मुद्दामा दोषी ठहर भएका थापालाई देउखुरी जिल्ला अदालतले दुई वर्ष र रुख कटानमा मुद्दामा दोषी ठहर विकलाई ९ दिनको जेल सजायको फैसला गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको