Chauthoanga - Nepali News Media
कांग्रेसका युवा नेता  प्रसाई पर्वतवाट प्रतिनिधी सभा सदस्य पदको उम्मेदवारको लागि सिफारीस ।  

पर्वतः आसन्न मशिर ४ मा हुन गई रहेको प्रतिनिधी सभा निर्वाचनको लागि नेपाली कांग्रेसको तर्फवाट प्रतिनिधी सभा सदस्य पदको उम्मेदवारको लागि नेपाली कांग्रेसका नेता विश्व प्रकाश प्रसाई पर्वतवाट सिफारिस हुनु भएको छ । नेपाली कांग्रेस पर्वतको सोमवार वसेको वैठकले प्रसाईलाई प्रतिनिधी सभा सदस्यको लागि प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ सिफारीस गरेको हो । २०७४ सालको निर्वाचनमा पनि पर्वत जिल्लाको दुवै क्षेत्रवाट प्रनिनिधी सभा सदस्य पदमा सिफारिस हुनु भएका प्रसाई अग्रजलाई सम्मान गर्दै टिकटको दौडमा सक्रिय हुनु भएन । तर यस पटक पाटी नेता, कार्यकर्ताको साथै आम जनताको चाहनाको सम्मान गर्दै प्रसाई पछि नहटने गरी अगाडी वढनु भएको छ । प्रसाईले टिकट पाएमा विजय सुनिश्चित भएको वताईन्छ ।

प्रसाई वि.संं. २०३६ सालको आन्दोलनमा विद्यालय तहदेखि सहभागी हुदै निरन्तर पाटीमा योगदान दिंदै आउनु भएको छ । २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी प्रसाईले पर्वतको उत्तरी भेगको नेतृत्व गर्नु भएको थियो । २०४८ सालको आम निर्वाचनमा नेतृत्वदायी भुमिका निर्वाह गनु भएका प्रसाईले वि.सं. २०५१ र २०५६ सालको प्रतिनिधी सभा निर्वाचन, वि.सं. २०६४ र २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधी सभा, प्रदेश सभा निर्वाचनमा समेत नेपाली कांग्रेसलाई विजय गराउन नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लाका ७ पालिका र ६१ वडामा कांग्रेस नेतृत्वको गठवन्धनलाई विजय गराउन प्रसाईको भुमिका अहम् रहेको थियो ।   

पाटीको तेह्रौ महाधिवेशनवाट जिल्ला सचिवमा निर्वाचित हुनु भएका प्रसाई हाल कुनै पदीय जिम्मेवारीमा नरहे पनि पाटीका हरेक गतिविधी सक्रिय सहभागी रहदै आउनु भएको छ । प्रसाई नेपाली कांग्रेसका सुभेच्छुक संस्था लोकतान्त्रिक गैसस महासंघको केन्द्रिय सचिव, डेमोक्र्याटिक लयर्स एशोसिएसन धवलागिरीको सचिव र डिएलए पर्वतको अध्यक्ष समेत रहनु भएको छ । पाटीको सुभेच्छुक संस्था नेपाल प्रेस युनिएन पर्वतको संस्थापक समेत रहनु भएका प्रसाई विकास सञ्चार उद्यमीको रुपमा पनि चिरपरिचित हुनुहुन्छ । विगत देखि सामुदायिक रेडियो समृद्ध नेपाल पोखरा, रेडियो समृद्ध नेपाल पर्वत सञ्चालन गर्दै आउनु भएका प्रसाईले समृद्ध टेलिभिजन एचडी सञ्चालनको तयारीमा हुनहुन्छ ।

कानूनमा स्नातक र समाज शास्त्रमा स्नातकोत्तर उत्तिर्ण गर्नु भएका प्रसाई सामुदायिक विकास तथा लघुवित्तीय क्षेत्रका विज्ञ पनि हुनुहुन्छ । स्पष्टवक्ता, विषयगत अध्ययनशिल, तार्किकशैली र सत्य, तथ्य तथष्ट विचारकको रुपमा परिचित प्रसाई पर्वतवासी जनताको विच पाटी भन्दा माथि उठेर लोकप्रियता हासिल गरेको व्यक्तित्व हो ।

प्रनिनिधी सभा सदस्य पदमा उम्मेदवार सिफारिस हुनु भएका प्रसाईको राजनीतिक पहिचानसंगै सामाजिक क्षेत्रमा पनि अव्वल योगदान रहेको छ । गण्डकी प्रदेशकै अग्रणी रोजगारदाताको रुपमा परिचित प्रसाईले आफ्नो नेतृत्वका संघसंस्थामा ६ हजार ७ सय भन्दा वढि शिक्षित वेरोजगारलाई साना–ठूला, स्थायी–अस्थायी रोजगारीहरु प्रदान गर्नु भएको छ । पर्वत जिल्लाको ६१ वडाका हरेक वस्तीमा प्रसाईको सामाजिक सेवा पुगेको छ । वि.सं. २०५२ साल देखि राजनीतिसंगै सामाजिक यात्रालाई अगाडी वढाएका प्रसाईले पर्वत जिल्लाको वस्ती वस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सामुदायिक वन तथा आयआर्जनको क्षेत्रमा योगदान दिंदै आउनु भएको छ । 

निर्वाचनमा झण्डै ७० प्रतिशत मतदाता विभिन्न पाटीमा आवद्ध रहेको भनिन्छ । कुल मतदाताको झण्डै ३० प्रतिशत तरल मतदाता हरेक निर्वाचनमा निर्णायक हुने गरेका छन् । नेता प्रसाई पर्वत जिल्लामा जनता विच सवै भन्दा वढि लोकप्रिय कांग्रेस नेताको रुपमा परिचित हुनुहुन्छ । विगतको प्रतिनिधी सभा  निर्वाचनमा भारी मतान्तरले विजय हासिल गरेको एमालेसंग तक्कर दिएर प्रतिस्पर्धामा जान सक्ने एक मात्र उम्मेदावरको रुपमा प्रसाईलाई लिने गरिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको