Chauthoanga - Nepali News Media
माओवादी दाङमा आफ्नै घर फर्काै अभियान शुरू,बंगलाचुलीमा ३६ जना माओबादीमै फर्किय

कमिरेचौर :  नेकपा (माओवादी केन्द्र) दाङमा आफ्नै घर फर्काै अभियान शुरू भएकाे छ ।अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रमहरू शुरू भएका छन् । पार्टी प्रवेश गराउदा माओवादी छाडेर अर्काे पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई पहिलाे प्राथमिकतामा राखिएकाे छ ।

अभियानकाे शुरूवात बंगलाचुलीबाट शुरू गरिएकाे माओवादी केन्द्र दाङका इञ्चार्ज निर्मल आचार्यले बताउनुभयाे । “विभिन्न कारणले हाम्राे पार्टी छाडेर अन्य पार्टीमा जानुभएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्काउन थालिएको छ,” उहाँले भन्नुभयाे, “पार्टीमा फर्केर आउनेहरूलाई लगानी र क्षमताकाे आधारमा उचित जिम्मेवारी दिइन्छ ।”

अभियान अन्तर्गत अन्य पार्टीबाट समेत माओवादीमा प्रवेश गराइने छ । “अन्य पार्टीमा रहनुभएका इमान्दार नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने कार्यक्रम छ,” आचार्यले भन्नुभयाे, “माओवादी बाट नै जनताकाे अधिकार सुनिश्चित हुने भएकाले अन्य पार्टीका नेता तथा कार्यकर्ताहरूकाे भविष्य पनि माओवादीमा छ ।”

यसैबीच बंगलाचुली गाउँपालिकाबाट विभिन्न पार्टी प्रवेश गरी ३६ जना माओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूलाई जिल्ला इञ्चार्ज निर्मल आचार्य, जिल्ला संयाेजक तुलसीराम पुन सुवास लगायतका नेताहरूले स्वागत गर्नुभएको थियाे ।

कार्यक्रममा पार्टी अध्यक्ष डोमाकान्त कंवर, इन्चार्ज चुरामणि नेपाली, २ नं निर्वाचन क्षेत्रका संयाेजक भक्तबहादुर ओली लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।

विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरूकाे नामावली

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको