Chauthoanga - Nepali News Media
क्सान्सर पिडित विदिया विकको जीवन वचाउन सबैलाई आचना ,आर्थिक अभावका कारण उपचारमा समस्या

कमिरेचौर : दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर २ निवासी ४ वर्षिया विदिया विक क्सान्सर रोगबाट ग्रसित हुनुभएको छ ।उहाँको पारिवाक श्रोतका अनुसार ५ महिना अघि विदियालाई अस्पतालले क्यान्सर रोग लागेको पुष्टी गरेको हो । विदियालाई टाउको र गर्दनमा क्यानसर देखिएको छ । विदियाका  बुवा आमाको आर्थिक अवस्था निकै कमजोर हरकेको हुँदा अहिले उपचारमा समस्या  भएको छ ।

विदियाका बुवा विरजंग विक र आमा निसा विक अहिले उपचारका लागि भारतको हरियाणानाको रोतक अस्पतालमा हुनुहुन्छ ।सो अस्पतालमा दैनिक हजारौँ खर्च हुने र सो खर्च धान्नका लागि आर्थिक समस्या भएको विदियाका हजुरवुवा धर्मबहादुर कामिले जानकारी दिनुभयो । विदियालाई अहिले सो अस्पतालमा भर्ना गरेर उपचार गरिँदै छ ।

यसैविच विदियाका हुजुरबुवा धर्मबहादुर कामिले आफ्नो नातिनिको उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई आचना गर्नुभएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर २ मर्पेस खाडा निवासी धर्म बहादुरले वडा कार्यालय मार्फत सिफारिस गराई नतिनि विदियाको उपचारका लागि सहयोग गर्दिन आग्रह गर्दै हिड्नु भएको छ । उहाँका अनुसार अहिले ४ वर्षिया नातिनि विदियाको टाउको र ग्रर्दन दुई ठाउँमा क्यान्सर देखाएको छ ।

धर्म बहादुरले आफुहरुको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचार गर्न सक्ने अवस्था नरहेको हुँदा सक्ने जति सबैले नातिनिको उपचारमा सहयोग गर्न अनुरोध गर्नु भएको छ । क्यानसर पिडित विदियालाई सहयोग गर्न चहाने जोकसैले ९८१६४३५०९० मा फोन गरी सम्पर्क गर्न सक्नुहुने छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको