Chauthoanga - Nepali News Media
अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे, ६ जना अझै  बेपत्ता

अछाम - अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेकाे छ । पहिराेमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन् । 

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले घाइतेहरुकाे उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएकाे जानकारी दिनुभएकाे छ ।

अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र वडा नम्बर ८ मा ५ जनाको शव भेटिएको छ। प्रशासन कार्यालयका अनुसार यी वडामा तीन जना पहिराेमा परि बेपत्ता छन् ।  ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिराेमा परि ज्यान गुमाएकाकाे शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको बताउनुभयो।

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको