Chauthoanga - Nepali News Media
बंगलाचुलीमा अविरल वर्षा संगै आएको पहिरोले ३ घर परिवार विस्तापित,१० लाख बढीको क्षती
pahiro.jpg

कमिरेचौर : बंगलाचुली गाउँपालिकामा अविरल वर्षा संगै आएको पहिरोले ३ घर परिवार विस्तापित भएका छन् ।  दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ५ लिङ्गिलिङ भन्ने स्थानमा घर माथि बाट आएको पहिरोले उनिहरुलाई विस्तापित बनाएको हो । 

पहिरोले बंगलाचुली गाउँपालिका वडा नम्वर ५ लिङ्गिलिङ निवासी मन बहादुर रोकाको घर र हस्त बहादुर पुन गोठमा क्षती पुर्याएको छ । उहाँहरुको घरमाथि रहेको ढिक बाट पहिरो खस्दा घर र गोठमा क्षती पुराएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले जाकनारी दिनुभयो । यसैगरी सोही ठाउँ निवासी दिमान रोकोको घर पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोले करिव १० लाख बराबरको क्षती पुगेको बताईएको छ । 
यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन र उपाध्यक्ष भक्त बहादुर जिसीले पहिरो पिडितहरुको घरमा पुगेर क्षतिको विवरण लिनुभएको छ ।

pahiro pdit1664193661.jpg
उहाँहरुले पिडितलाई नियमअनुसारको क्षतिपूर्तीको व्यवस्था गर्ने पिडितहरुलाई आस्वासन समेत दिनुभएको छ । पहिरोको जोखिममा रहेका स्थानियलाई गाउँपालिकाले समयमै राहात उपलब्ध गराउने प्रतिवद्धता समेत जनाउनु भएको छ । सो अवसरमा बंगलाचुली गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीको समेत सहभागीता रहेको थियो ।

 

 


 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको