Chauthoanga - Nepali News Media
नेपालमा मनसुन निस्क्रिय हुँदै , दशैँमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने

काठमाण्डाै - नेपालमा मनसुन निस्क्रिय रहेकाले तत्काललाई ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठका अनुसार ठूलो वर्षा नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मनसुन निस्क्रिय रहे पनि मनसुनी गतिविधि कायमै रहेकाले हल्कादेखि मध्यम वर्षाको अनुमान छ।

‘दशैँमा पनि ठूलो वर्षाको सम्भावना छैन, तर हल्कादेखि मध्यम वर्षा हुनसक्छ’ – उहाँले भन्नुभएको छ ।

मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात आउँदो आइतवार फूलपातीसम्म छ । यो अवधि वा योभन्दा छिटो र ढिलो गरी मनसुन बाहिरिन सक्छ । यसपालि जेठ २८ गते मनसुन भित्रिएको थियो।

मध्य मनसुनमा भन्दा पनि मनसुनको सुरुवात र अन्तिमतिर यसपालि धेरै पानी पर्यो । आज प्रदेश-१, मधेस र वाग्मती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०८:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको